प्रहरीले १८ लाख अवैध रकमसहित महोत्तरीबाट तीन जनालाई नियन्त्रणमा लिएको छ।
महोत्तरीको मनरासिस्वा नगरपालिका वडा नं. २ भलुई चोकबाट तीनै जनालाई १८ लाख रुपैयाँसहित नियन्त्रणमा लिइएको प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए।
शनिबार जलेश्वरबाट सम्सीतर्फ जाँदै गरेको ज ११ प ८१०८ नम्बरको मोटरसाइकलमा सवार महोत्तरी जलेश्वर नगरपालिका वडा नं. २ का १९ वर्षीय रोहित कुमार साहलाई ९ लाख, सोही मोटरसाइकलको पछाडि सवार रहेका २७ वर्षीय जयकुमार साहलाई ५ लाख ५० हजार र प्रदेश २–०३–००३प ०९७ नम्बरको मोटरसाइकलमा सवार २२ वर्षीय संजय कुमार साहलाई ३ लाख ५० हजार रुपैयाँ गरी कुल १८ लाख रुपैयाँ सहित नियन्त्रणमा लिइएको प्रदेश २ प्रहरीले जनाएको छ।
पक्राउ परेका तीनै जनालाई सवारी साधनसहित नियन्त्रणमा लिई थप अनुसन्धान थालेको नायव उपरीक्षक मिश्रले बताए।