पाल्पामा पहिलो पटक ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा पाल्पाका ३ जनामा कोरोना पोजेटिभ देखिएको हो।
संक्रमण हुनेमा माथागढी गाउँपालिका वडा नंं ८ बहादुरपुरका एक जना, रैनादेवी छहरा गाउँपालिका वडा नंं ७ र ८ का १/१ जना छन्। संक्रमण पुष्टि हुने तीनै जना पुरुष हुन्। उनीहरु भारतबाट आएका हुन्।
उनीहरुको तानसेनको होल्डिङ्ग क्वारेन्टाइनमा स्वाव संकलन गरिएको थियो। तीनै जना गाउँपालिकाको क्वारेन्टाइनमा बस्दै आएका छन्।
कन्ट्याक ट्रेसिङ्गबाट अन्य व्यक्तिको खोजी शुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ। संक्रमितलाई तानसेनको आइसोलेसनमा लैजाने तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।