सर्लाहीमा बिडी खादाँखाँदै कपडामा आगो सल्किएर घाइते भएका व्यक्तिको मृत्यु भएको छ।
बिहीबार राति साढे ८ बजे प्रादेशिक अस्पताल जनकपुरमा सर्लाही हरिपूर्वा नगरपालिका-५ का ७० वर्षीय रामसुकुल साहको उपचारका क्रममा मृत्यु भएको हो।
गत आइतबार साहले बिडी खाँदै गर्दा अचानक कपडामा आगो सल्किन गएको थियो। आगोले उनको शरीरको विभिन्न भागमा जलेको थियो। घाइते भएपछि अस्पतालमा उपचाररत् साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
उनको शवलाई सोही अस्पतालमा राखिएको छ।