कोरोनाभाइरस संक्रमणको उपचारपछि शुक्रबार ८ जना निको भएका छन्।
दाङको कोरोना अस्पतालमा भर्ना भएका बाँके, कपिलवस्तु र दाङका ८ जना उपचारपछि निको भएका हुन्।
निको हुनेहरूमा बाँके नरैनापुरका १८, २० र २५ वर्षीय पुरूष, कपिलवस्तुका २०,२९,३४ र ४२ वर्षीय पुरूष र दाङ गडुवा गाउँपालिकाका ३६ वर्षीय पुरूष रहेका छन्।
उनीहरू गत जेठ २ गते अस्पताल भर्ना भएका थिए। उनीहरूलाई केहीबेरमै डिस्चार्ज गर्ने तयारी रहेको जिल्ला अस्पतालका हेल्थ असिस्टेन्ट द्रोण वलीले जानकारी दिए।