हेटौंडा उपमहानगरपालिका-१ निवासी २५ वर्षीया युवतीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ।
हेटौंडास्थित किटजन्य अनुसन्धान प्रयोगशालामा गरिएको परीक्षणले उनमा संक्रमण पुष्टि गरेको हो।
संक्रमित युवती गत जेठ ९ गते चितवनको भरतपुरबाट हेटौंडा पुगेकी जिल्ला आइसोलेसन वार्डका इन्चार्ज भोला चौलागाईंले जानकारी दिए।
उनले बाहिर जिल्लाबाट आउनेहरूको परीक्षण गर्ने क्रममा युवतीमा संक्रमण देखिएको बताए।
अहिले युवतीलाई चितवनस्थित भरतपुरको कोरोना अस्पताल पठाइएको छ। युवतीमा कुनै पनि लक्षण नभएको र स्वास्थ्य अवस्था पनि सामान्य रहेको चौलागाईंले बताए।
युवतीले आफू लकडाउनको बेलादेखि नै कोठामा बसेको जानकारी गराएकी छिन्।
उनी चितवनमा पार्ट-टाइम कम्प्युटर अपरेटरको काम गर्छिन्।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ सय ८३ पुगेको छ।
मंगलबार मात्र एकैदिन १ सय १ जनामा संक्रमण देखिएको थियो। यो अहिलेसम्मकै उच्च वृद्दिदर हो।