काठमाडौंको टोखा नगरपालिका वडा नम्बर ६ को एक किराना पसलेमा कोरोना संक्रमण पुष्टि भएको छ।
४१ वर्षीय पुरुषले महिना दिनअघि मात्र किराना पसल किनेर व्यापार थालेका थिए।
टोखा नगरपालिकाले कोरोना परीक्षणको दायरा बढाउने क्रममा किराना पसले र मेडिकल सञ्चालकको कोरोना परीक्षण गरेको थियो।
वडा नम्बर ६ का अध्यक्ष महेश्वर केसीका अनुसार ती व्यक्तिको र्यापिड टेस्ट पनि पोजेटिभ आएको थियो। र्यापिडमा पोजेटिभ देखिएपछि उनी घरमै होम क्वारेन्टिनमा बसेका थिए।
यस्तै टोखा नगरपालिका- ३ मा पनि एक जनामा कोरोना देखिएको छ।
वडाअध्यक्ष सिंहराज श्रेष्ठका अनुसार संक्रमित व्यक्ति धुलिखेलमा मृत्यु भएकी सुत्केरी महिलाको सम्पर्कमा आएको व्यक्ति भएको खुलेको छ।