दाङका तीन जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ।
गढवा गाउँपालिका निवासी २३ वर्षीय र ३६ वर्षीय युवामा कोरोना संक्रमण भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति डा संगीता भण्डारीले पुष्टि गरिन्।
उनीहरु लमहीको क्वारेन्टिनमा बस्दै आएका छन्। त्यस्तै तुल्सीपुर ७ का ३४ वर्षीय अर्का युवामा पनि काेराेना पुष्टि भएकाे छ।
उनीहरु केही दिन पहिले भारतबाट आएका हुन्। दाङमा यो नै कोरोना पुष्टि भएको पहिलो पटक हो।
योसहित मुलुकभर कोरोना संक्रमितको संख्या २६७ पुगेकाे छ। जसमा ३६ जना निको भएका छन्।