प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार (आज) साँझ अस्पतालबाट डिस्चार्ज हुने भएका छन्।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका कार्यकारी निर्देशक प्रेम खड्गाका अनुसार मिर्गौला प्रत्यारोपणपछि अस्पतालमा आराम गरिरहेका प्रधानमन्त्री ओली डिस्चार्ज भएपछि बालुवाटार फर्कनेछन्।
प्रधानमन्त्री ओलीको फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो।
प्रधानमन्त्रीलाई समीक्षा संग्रौलाले मिर्गौला दिएकी थिइन्।
संग्रौला यसअघि नै डिस्चार्ज भइसकेकी छन्।