दोलखाको कालिञ्चोक गाँउपालिका ९ सुन्दरावतिमा यात्रुबाहक बसको ठक्करबाट एक बालकको ज्यान गएको छ।
शिवरात्रिका अवसरमा पुजन थामी आफ्ना साथीहरुसँग डोरी टाँगेर बाटोमा बसेका थिए।
११ बजेतिर हुइँकेर आएको बा ४ ख ५८०९ नम्बरको बसले थामीलाई ठक्कर दिएको हो।
बसले ठक्कर दिँदा बालकको घटनास्थमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रेशम बोहराले बताए। ‘ती बालक शिवरात्रिको अवसरमा डोरी टाँगेर बाटोमा बसेका बेला बसले ठक्कर दिएको हो,’ बोहराले सेतोपाटीसँग भने।
प्रहरीले बसका चालकलाई पक्राउ गरिसकेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको निरीक्षक बोहराले बताए।