नुवाकोटको पञ्चकन्या गाउँपालिका-४ मा यात्रुवाहक बस दुर्घटना हुँदा आठ जना घाइते भएका छन्।
बिहीबार बिहान पञ्चकन्या गाउँपालिका आरुखड्कबाट काठमाडौं आउँदै गरेको बा २ ख ६७४० नम्बरको बस १० मिटर तल खस्दा आठ जना घाइते भएका हुन्।
घाइतेहरूको अवस्था सामान्य रहेको र उनीहरूको उपचार स्थानीय स्वास्थ्य केन्द्रमा भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी राजेश थापाले बताए।
'गम्भीर घाइते कोही पनि भएका छैनन्, उनीहरूको उपचार स्थानीय स्वास्थ्य चौकीमा भइरहेको छ,' डिएसपी थापाले भने।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।