लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ गुरुयोजना अन्तिम चरणमा पुगेको छ। प्रदेश सरकार मातहतमा रहेको अस्पतालको गुरुयोजनाबारे शुक्रबार प्रदेश ५ का मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा छलफल गरिएको छ।
छलफलमा प्रस्तुत प्रारम्भिक गुरुयोजनाअनुसार अस्पतालमा सबै विशेषज्ञ सेवा उपलब्ध गराउनका लागि आधुनिक भवनको डिजाइन गरिएको छ।
१० तले भवन निर्माण हुने र त्यसमा सबै सेवा उपलब्ध गराउन सक्ने उल्लेख छ। गुरुयोजनाको लागत ६ अर्बको हुनेछ। भवनको माथि हेलिप्याड समेत रहनेछ। हेलिप्याडबाट सिधै इमर्जेन्सीमा झर्ने लिफ्ट समेत बन्नेछ।
अस्पतालको गुरुयोजनामा सुविधासम्पन्न १० तले भवन निर्माण गर्ने योजना छ। गुरुयोजनाअनुसार अस्पतालको संरचनाका लागि ६ अर्बको लागत अनुमान गरिएको छ।
जसअनुसार मुख्य भवन १० तलाको हुनेछ। जसमा १२ सय शैया हुनेछन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा मुख्यमन्त्रीसहित मन्त्रीहरु, लुम्विनी प्रादेशिक अस्पतालको नेतृत्व र सरोकारवालामाझ अस्पताल भवनको डिजाइन नक्सा प्रस्तुत भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए।