बोलेरोको ठक्करबाट प्रहरी चौकी साँगाका असई तेजबहादुर गुरुङको मृत्यु भएको छ।
भक्तपुरबाट बनेपातर्फ जाँदै गरेको बा १९ च १३२३ नम्बरको बोलेरोले ड्युटीमै रहेका असइ गुरुङलाई बाटो काट्नेबेला ठक्कर दिएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ।
उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा शुक्रबार दिउँसो मृत्यु भएको हो।
बोलेरोका चालक भक्तपुर नपा १० का ३१ वर्षीय विक्रम नाकी बन्जारलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
शव पोष्टमार्टमका लागि टिचिङ अस्पताल लगिएको छ।