दाङ प्रहरीले दुई व्यक्तिलाई चितुवाको छालासहित पक्राउ गरेको छ।
दंगिशरण गाउँपालिका वडा नं. १ का २४ वर्षीय चेतबहादुर पुन र सोही ठाउँकै २४ वर्षीय सौगात घर्तीलाई पक्राउ परेका छन्।
जिल्ला प्रहरी प्रवक्ता सुमित खड्काले दुबै जनालाई सोमबार बेलुका ५ बजेतिर घोराही उपमहानगरपालिका वडा नं. १४ बसपार्क क्षेत्रबाट फक्राउ गरिएको जानकारी दिए।
उनीहरूको साथबाट टाउकोदेखि खुट्टासम्मको चितुवाको शरिरको छाला बरामद भएको डिएसपी खड्काले बताए।