चाबहिलस्थित धोवी खोलाको किनारमा नवजात शिशुको शव फेला परेको छ। सालनालसहितको उक्त शव बिहीबार बिहान फेला परेको हो।
हेर्दा सात महिनामा जन्माएजस्तो देखिने शव कपडाले बेरेर फालेको अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
शिशु कसैले जन्माएर फालेको हुनसक्ने आशंका गरिएको छ। शिशुको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ
शिशु कसले फालेको भन्नेबारे अनुसन्धान थालिएको प्रवक्ता होविन्द्र बोगटीले बताए।