प्रहरीले ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा झापा अर्जुनधारा-११ बस्ने २४ वर्षीय आशिष बस्नेत छन्।
बुधबार अपराह्न विर्तामोड बुट्टाबारी चौकबाट बस्नेतलाई ९ ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ।
छोराद्वारा आमामाथि खुकुरी प्रहार सुनसरी, पुस ९ सुनसरीमा आफ्नै छोराले आमालाई खुकुरी प्रहार गरी सख्त घाइते बनाएका छन्।
इटहरी-२ हवाई चोकका १८ वर्षीय पारस कार्कीले आमा ३६ वर्षीय कविता कार्कीमाथि खुकुरी प्रहार गरेका हुन्।
बुधबार राति साढे १० बजे घरमा बसिरहेको अवस्थामा कवितामाथि पारसले खुकुरी प्रहार गरेका हुन्।
शरीरको विभिन्न भागमा खुकुरीको चोट भएकी कविताको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।
आमामाथि खुकुरी प्रहार गर्ने पारस कार्कीलाई खुकुरीसहित पक्राउ गरिएको छ। सामान्य वादविवादमा पारसले कवितालाई खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ।