धरानमा एकै व्यक्तिले तीन जनालाई छुरा प्रहार गरी घाइते बनाएका छन्।
आइतबार राति धरान-१९ फोक्लिनमा १९ वर्षीय अरविन राईले तीन जनालाई छुरा प्रहार गरेका हुन्।
इलाका प्रहरी कार्यालय धरानको टोलीले धरान उपमहानगरपालिका-१७ का राईलाई छुरा प्रहार गरेर भाग्दै गर्दा पक्राउ गरेको छ।
घाइते हुनेमा १९ वर्षीय जनम माझी, विशाल राई र अभिषेक बराइली रहेका छन्।
घाइतेमध्ये जनम माझीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। अन्य दुई जना उपचारपछि डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ।
पक्राउ परेका राईलाई ज्यान मार्ने उद्योगमा म्याद थप गरी अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।
छुरा प्रहार गर्नुको कारण आपसी झगडा रहेको प्रहरीले जनाएको छ।