दाङमा डोजरको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
शान्तिनगर गाउँपालिका वडा नं. १ निवासी ६६ वर्षीय बोधिलाल थापाको मृत्यु भएको हो।
बुधबार बेलुका ८ बजेतिर तुलसीपुरतर्फ आउँदै गरेको रा १ क ६१५ नम्बरको डोजरले पैदल हिँडिरहेका थापालाई ठक्कर दिएको थियो।
घाइते थापालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए।
चालक नोखिराम बुढाथोकी र डोजर प्रहरी नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।