तनहुँको देवघाटबाट पोखरा जाँदै गरेको प्रहरीको मिनी ट्रक दुर्घटना भएको छ।
दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् अन्य १५ जना घाइते भएका छन्। मृत्यु हुनेमा प्रहरी जवान सन्दीप केसी रहेका छन्।
तनहुँ नजिक दासढुंगापारि दुर्घटना भएको बागमती प्रदेशका ट्राफिक प्रहरी प्रमुख प्रकाश रानाभाटले जानकारी दिए।
उनका अनुसार सो ट्रकमा देवघाटको मेलामा थप मद्दतका लागि पोखराको १ नम्बर गणका टोली फर्कंने क्रममा दुर्घटना भएको हो।
माघ १ गते देवघाटमा ठूलो मेला लाग्ने गर्छन्।