महानगरीय प्रहरी प्रभाग नागढुंगाले ३५ लाख बराबरको भन्सार छलीका मोबाइल बरामद गरेको छ।
महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट प्रहरी निरीक्षक हेमन्त थापाको नेतृत्वमा खटिएको प्रहरी टोलीले जिल्ला काठमाडौं चन्द्रागिरी न.पा.वडा न.२ नागढुंगा चेक प्वाइन्टमा ३५ लाख बराबरको भन्सार छलीका मोबाइल बरामद गरेको हो।
महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख घनश्याम श्रेष्ठले वीरगञ्जबाट काठमाडौं आउँदै गरेको ना ६ ख १५३४ न को यात्रुवाहक बसमा चेकजाँच गर्ने क्रममा उक्त बसमा सिटमुनि लुकाई ल्याएको अवस्थामा एप्पलका आइफोन-११ मोबाइल थान २, ओप्पो लेखिएको मोबाइल विभिन्न मोडलका थान २२, भिभो लेखिएको मोबाइल थान ३६ ,रेड्मी लेखिएको विभिन्न मोडलका मोबाइल थान १३, सामसुङ लेखिएको मोबाइल थान २ समेत गरी जम्मा थान ७५ वटा मोबाइल बिल भर्पाइ नभएको अवस्थामा बरामद गरिएको बताए।
त्यस्तै नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको ना ७ ख ७३९५ नम्बरको यात्रुवाहक बसमा चेकजाँच गर्ने क्रममा उक्त बसको क्याबिनको चालक बस्ने सिट पछाडि सेतो टेपले बेरी कार्टुनभित्र लुकाइराखेको अवस्थामा ३२ वटा मोबाइल बरामद गरिएको छ। बरामद मोबाइल ओप्पो र रेड्मी ब्राण्डको छ।
उक्त मोबाइल बरामद गरी आवश्यक अनुसन्धान र कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भन्सार कार्यालय सानो गौचरण पठाइएको उनले बताए।
उक्त मोबाइलको अनुमानित बजार मूल्य ३५ लाख रुपैयाँ बराबर रहेको थानकोट प्रहरीले जनाएको छ।