नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको अस्थिर प्रवृत्तिले सभामुख चयन प्रक्रिया ढिलाइ भइरहेको बताएका छन्।
केपी शर्मा ओली नेतृत्वको सरकार स्थिर भए पनि नेकपाको अस्थिर प्रवृत्तिले सभामुखसमेत चयन हुन नसकेर संसद बन्धक भइरहेको महतले दाबी गरे।
‘यो सरकार स्थिर छ तर उसको प्रवृत्ति भने अस्थिर,’ गोकर्णमा बुधबार तारेभीर महोत्सव उद्घाटन गर्दै महतले भने, ‘नेकपाकै अस्थिर प्रवृत्तिका कारण सभामुख चयन ढिलो भइरहेको हो।’
उनले बहुमत ल्याएको नेकपाले एक महिनासम्म पनि सभामुख उम्मेदवार चयन गर्न नसक्नु लज्जास्पद भएको तर्क गरे। ‘संसद अधिवेशन आव्हान भएको महिना दिनसम्म पनि सभामुख चयन गर्न नसक्नु लज्जास्पद हो,’ उनले भने।