सुदूरपश्चिम प्रदेशले माघे संक्रान्तिका दिन माघ १ गते बिदा दिने निर्णय गरेको छ।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सोमबार विज्ञप्ति निकालेर माघे संक्रान्तिमा सार्वजनिक बिदा दिने उल्लेख गरेको हो।
मन्त्रालयका सूचना अधिकारी लक्ष्मीप्रसाद जोशीले प्रदेशभित्रका सरकारी कार्यालय माघ १ गते बुधबार बिदा दिने निर्णय भएको बताएका छन्।
बिदा दिने निर्णय प्रदेश सरकारले गत साउन ८ गते नै गरेको थियो।