मकवानपुरबाट प्रहरीले ३१ किलो गाँजा बरामद गरेको छ।
प्रहरीका अनुसार आइतबार मध्यराति हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीबाट गाँजा बरामद भएको हो।
इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको टोलीले ना ६१ प २४९ नम्बरको पल्सर मोटरसाइकलबाट गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।
मोटरसाइकललाई पछ्याउँदै गएपछि चालक जंगलतिर भागेको प्रहरीले जनाएको छ।
फरार भएका ती व्यक्तिको खोजी भइरहेको छ।