‘युरोप पठाइदिन्छु’ भन्दै ठगी गर्ने शिवानन्द स्वामी बाबाबाट चिनिने दिपक भण्डारी पक्राउ परेका छन्।
उनले विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा महानगरीय अपराध महाशाखाको टोलीले सोमबार काठमाडौंबाट पक्राउ गरेको हो।
उनीविरूद्ध उजुरी परेपछि प्रहरीले पक्राउ गरेको एसएसपी सहकुल थापाले जानकारी दिए।
शिवानन्द स्वामी बाबा टौदहमा आश्रम निर्माण गरेर बस्दै आएका थिए।