रौटहट जिल्ला कारागार गौरबाट आइतबार राति एक जना कैदी भागेका छन्।
शारीरिक बन्धक तथा अपहरणको मुद्दामा तीन वर्ष कैदको सजाय भोगिरहेका अशोक यादव फरार भएका हुन्।
यादव इलेक्ट्रिसियन थिए।
सोही क्रममा कारागारमा गएराति विद्युत अवरोध भएपछि बनाउनका लागि प्रहरीले यादवलाई खोज्न गएका थिए।
यादव आफैंले विद्युत अवरोध गरेर भागेको जिल्ला प्रहरी कार्यालय रौटहटका डिएसपी नविन कार्कीले जानकारी दिए।
'विद्युतको काम समेत गर्न जान्ने थियो,'डिएसपी कार्कीले भने,'राति बत्ती गएपछि उसलाई खोज्न गएका थियौं तर विद्युत बनाउने ठाउँमा गेट खुला रहेछ त्यहाँबाट भाग्यो।'