धनकुटा नगरपालिका ९ मुलघाटस्थित तमोर नदीमा हाम फाल्दा एक जनाको मृत्यु भएको छ।
शनिबार राति ११ बजेको इटहरी उपमाहानगरपालिका १ आँपगाछीका ३३ वर्षीय राजन चौधरी नदीमा हामफालेका थिए।
अञ्जिल मगर र उनी तेह्रथुमको तीनजुरेमा हिउँ खेलेर फर्कने क्रममा उक्त पुलमा आएपछि मोटरसाइकल रोकेर चौधरी हामफालेका थिए।
प्रहरीका अनुसार को३५प ४१०१ नम्बरको मोटरसाइकल रोकेपछि चौधरी नदीमा हाम फालेका थिए। प्रहरी चौकी मुलघाटको टोलीले पानीमा रहेको राजनको शवलाई निकालेको थियो।
मोटरसाइकल चालक अञ्जिल मगरलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।