मोरङको कानेपोखरी गाउँपालिका ६ नर्सरी डाँडास्थित भित्री सडकखण्डमा ट्याक्टर र अटो ठोक्किँदा एक जनाको मृत्यु भएको छ। घटनामा अर्का एक जना घाइते छन्।
प्रहरीका अनुसार शनिबार राति पौने ११ बजे पश्चिमबाट पूर्व जाँदै गरेको को१ह ४३११ नम्बरको अटो सोही स्थानमा रोकिराखेको को२त २९३० नम्बरको मिनी ट्रयाक्टरमा ठोक्किँदा कानेपोखरी गाउँपालिका ३ का ७६ वर्षीय हर्कबहादुर परियारको मृत्यु भएको हो।
गम्भीर घाइते भएका उनको उपचारको क्रममा विराटनगरस्थित नोबेल मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ। अटो चालक २२ वर्षीय रेवत परियारको सोही अस्पतालमा उपचार भइरहेको छ।