धनुषास्थित जनकपुरधामका दुई स्थानमा शंकास्पद बस्तु भेटिएको छ।
सोमबार जनकपुरधाम उपमहानगर वडा नम्बर ९ का दुई ठाउँमा शंकास्पद बस्तु फेला परेपछि घटनास्थलमा नेपाली सेना र प्रहरी खटिएका छन्।
सरस्वती माध्यामिक विद्यालयको लेखा शाखाको झ्याल र संकटमोचन मन्दिरदेखि बागवानी जाने बाटोमा शंकास्पद बस्तु फेला परेको प्रहरीले जनाएको छ।
‘शंकास्पद बस्तु भेटिएको ठाउँमा नेपाली सेनाको डिस्पोजल टोली खटिएको छ,’ प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले सेतोपाटीसँग भने।
दुई दिनअघि धनुषा महेन्द्रनगरमा बम विस्फोट हुँदा प्रहरी निरीक्षकसहित तीन जनाको मृत्यु भएको थियो भने चार जना घाइते भएका थिए।