जिल्ला प्रहरी कार्यालय भोजपुरले नयाँ भवन निमार्ण गरेको छ।
नयाँ भवन निमार्णसँगै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आइतबार एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् । झण्डै ५ करोडको लगानीमा भोजपुर प्रहरीले अत्याधुनिक भवन बनाएको छ।
४ करोड ८२ लाख रुपैयाँको लागतमा भवन बनाइएको सो भवनमा कार्य शाखा, अपराध अनुसन्धान शाखा, उजुरी छानबिन शाखा, प्रबन्ध शाखा, सामुदायिक शाखा र महिला तथा पुरुषका लागि छुट्टाछ्ट्टै हिरासत कक्ष छ।
भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दे प्रहरी महानिरीक्षक खनालले यस वर्ष प्रहरीका लागि पुर्वाधार वर्ष रहेको बताए।
देशभरका विभिन्न स्थानमा ३ सय भन्दा बढी भवन बन्न लागेको उनले जानकारी गराए। भवन उद्घाटनपछि खनालले हिरासत कक्षको निरीक्षण गरेका थिए।