प्रहरी निरीक्षक जयनेपाल थापा पक्राउ परेका छन्।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले प्रहरी निरीक्षक थापालाई बुधबार ४० हजार रुपैयाँ घुससहित खुमलटारबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ।
महानगरीय प्रहरी अपराध महाशाखामा कार्यरत् थापाले एक जना सेवाग्राहीलाई ठगी मुद्दा मिलाइदिन्छु भन्दै घुस रकम लिँदालिँदै पक्राउ परेको प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए।
थापालाई दक्षिण एसियाली खेलकुद (साग) को सुरक्षाका लागि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको कमाण्ड पोष्टमा खटाइएको थियो।