रोकिराखेको ट्रयाक्टरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का घाइते भएका छन्।
घोराही उपमहानगरपालिका वडा नं. ८ निवासी १९ वर्षीय रेशम वलीको उपचारका क्रममा गएराति मृत्यु भएको हो।
मोटरसाइकलको पछाडि सवार घोराही १० का १८ वर्षीय अमृत चौधरी घाइते भएका छन्।
घाइते चौधरीलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ।
दाङ जिल्ला प्रहरी प्रवक्ता विनोद विक्रम शाहका अनुसार शुक्रबार राति साढे ९ बजेतिर तुलसीपुरबाट नारायणपुरतर्फ जाँदै गरेको रा २ प १९५० नम्बरको मोटरसाइकल घोराही ११ खैराचोकमा रोकिराखेको रा १ त १९३८ नम्बरको ट्रयाक्टरमा ठोक्किएको थियो।
दुर्घटनालगत्तै दुवै घाइतेलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही उपचारका लागि लगिएको भए पनि मोटरसाइकल चालकको भने उपचारको क्रममा राति नै मृत्यु भएको प्रहरीले बताएको छ।