संखुवासभाको चिचिला गाउँपालिका वडा नम्बर १ कुवापानीस्थित खाँदबारी नुम सडक खण्डमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ।
बिहीबार बिहानको समयमा खाँदबारीबाट नुमतर्फ सामान बोकेर जाँदै गरेको ग१त ४१६४ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट सय मिटर तल खस्दा ट्याक्टर चालक संखुवासभाको भोटखोला गाउँपालिका वडा नम्वर ५ का २२ वर्षीय को मनोज तामाङको घटनास्थलमा नै मृत्यु भएको हो।
मृतकको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल खाँदबारी ल्याइएको प्रहरीले जनाएको छ।