गत शनिबार पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौंको एक नाइट क्लबमा गए। परिवारसहित ठमेलस्थित लर्ड अफ द ड्रिंकमा क्लबमा पुगेका पूर्वराजा ‘रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो…’ स्वदेश गानमा अरूसँगै नाचे।
क्लबका सञ्चालकमध्येका एक रवीन श्रेष्ठका अनुसार पूर्वराजा आफ्ना एडिसी, बुहारी हिमानी, छोरीसहित आएका थिएका। राति साढे ११ बजेतिर आएका ज्ञानेन्द्रले आफू आउने पूर्वजानकारी भने क्लबलाई गराएका थिएनन्।
‘उहाँ यहाँ पुग्नु १० मिनेटअघिमात्र हामीले जानकारी पाएका थियौं,’ रविनले भने,‘पूर्वराजाको परिवारले करिब डेढ घन्टा रमाइलो गर्नुभयो।’
पूर्वराजा सुरूमा समर्थकलाई अभिवादनमात्र गर्छन्। पछि उनी कोट फुकालेर नाच्छन्। केहीबेरमा उनका समर्थकले ज्ञानेन्द्र शाहसँग सेल्फी पनि खिच्छन्।
हेर्नुस् भिडिओ -