सल्यानको त्रिवेणी गाउँपालिका-४ फलावाङस्थित बडागाउँमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्।
सल्यान फलावाङबाट दाङ जाँदै गरेको रा १ ज ४३२ नम्बरको जीप बिहान साढे १० बजे अनियन्त्रित भई दुर्घटना भएको हो।
फलावाङका ६० वर्षकी कृष्णादेवी परियार र ५९ वर्षीय यज्ञी थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका डिएसपी धकेन्द्र खतिवडाले जानकारी दिए।
दुर्घटनामा सवारी चालक सन्दीप परियार घाइते भएका छन्। उक्त जीपमा १० जनामात्रै सवार थिए।
दुर्घटनामा परी घाइते हुनेहरुमा सल्यान फलावाङ निवासी ५ वर्षीया ज्योती रावत, ४ वर्षीया मोती रावत र उनीहरुको आमा २३ वर्षीया रीता राउत छन्।
५२ वर्षीया सावित्रा खत्री, २२ वर्षीया तारा थापा वली, दाङ तुलसीपुर निवासी २८ वर्षीया दिला बुढा र तुलसीपुर १ भमके निवासी २१ वर्षीया राधा बोहोरा घाइते छन्।
घाइतेमध्ये केहीलाई बाँके जिल्लाको कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको छ भने केहीको राप्ती प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ।