बुधबारका लागि बोलाइएको संवैधानिक परिषद बैठक स्थगित भएको छ।
परिषदका सदस्य सचिव गणेशप्रसाद तिमिल्सिनाको सचिवालयले दिएको जानकारीअनुसार बैठक स्थगित गरिएको हो। विभिन्न आयोगलाई पूर्णता दिनका लागि बैठक आह्वान गरिएको थियो।
उपसभामुख शिवमाया तुम्बाहाम्फेका अनुसार नेपाल भ्रमणमा रहेका बंगलादेशी राष्ट्रपति अब्दुल हमिदसँग नेताहरूको भेटघाट र बैठकको समय जुधेकाले परिषद् बैठक स्थगित भएको जानकारी दिइन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका सहयोगी भानु देउवाले पनि संवैधानिक परिषद बैठक स्थगित भएको बताए।
‘संवैधानिक परिषद बैठक स्थगित भएको जानकारी आएको छ। सभापतिज्यू अहिले बंगलादेशी राष्ट्रपतिसँग भेटवार्तामा हुनुहुन्छ,’ उनले सेतोपाटीसँग भने।