चन्द्रागिरी नगरपालिका वडा नं ४ स्थित थानकोट त्रिभुवन पार्क हाताभित्र रहेको त्रिभुवनको शालिक अनावरण भएको छ। २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त बनाएको उक्त शालिकलाई जिर्णोद्धार गरी पुर्नस्थापित गरिएको हो।
चन्द्रागिरी नगरपालिका वडा नं. ४ थानकोट त्रिभुवन पार्कमा २०२९ सालमा स्थापना भएको त्रिभुवनको शालिक चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी र ४ का वडा अध्यक्ष कृष्ण प्रसाद खड्गीको विषेश पहलमा पुर्नस्थापना गरिएको शालिक जिर्णोद्धार तथा संरक्षण उपभोक्ता समितिका अध्यक्ष बिष्णुप्रसाद श्रेष्ठले बताए।
कार्यक्रममा बोल्दै चन्द्रागिरिका नगर प्रमुख घनश्याम गिरीले पौराणिक महत्व बोकेको भ्रमणस्थल त्रिभुवन पार्कको विकासले आन्तिरक पर्यटनमा महत्वपुर्ण भूमिका खेल्ने बताए। त्रिभुवनपार्क नयाँ र आकर्षक रुपमा पर्यटकले देख्न पाउने उनको भनाइ छ।
कार्यक्रममा वोल्दै चन्द्रागिरि वडा नम्वर ४ का वडा अध्यक्ष कृृष्ण प्रसाद खड्गीले चन्द्रागिरिको विकासमा त्रिभुवन पार्क कोशेढुङ्गा सावित भइसकेको बताउँदै पार्कलाई व्यवस्थित बनाउन अब नगरपालिकाको भूमिकालाई सशक्त बनाउनुपर्नेमा जोड दिए।