प्रदेश नम्बर २ को बारास्थित बगई नहर छेउमा एक युवाको शव फेला परेको छ।
सोमबार बिहान ६ बजे स्थानीय बासिन्दाले नहर छेउ शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
करिब २० वर्षको युवकको शव फेला परे पनि पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक रञ्जीतसिंह राठौरले सेतोपाटीलाई बताए।
शव परीक्षणका लागि कलैया जिल्ला अस्पताल ल्याइएको छ।
‘टाउकोमा चोट छ। मृत्युको कारण खुलेको छैन। अनुसन्धान गर्दैछौं,’ डिएसपी राठौरले भने, ‘नाम खुलेको छैन। हातमा सौरभ लेखेको टाटु रहेछ।’
घटनास्थल नेपाल-भारत सीमाबाट तीन किलोमिटरको दूरीमा छ।