गोरखाको भिमसेन थापा गाउँपालिकाले राष्ट्रिय विभूति भिमसेन थापाको जन्मदिनको अवसरमा साउन ९ गते सार्वजनिक बिदा दिएको छ।
थापाको जन्मदिनमा वर्षेनी साउन ९ गते गाउँपालिकाभर बिदा हुने साउन ३ गते बसेको गाउँ कार्यपालिका बैठकले निर्णय गरेको हो।
थापाको २४४ औं जन्मजयन्तीमा साउन ९ गते बोर्लाङ चण्डीथोकस्थित भिमसेन थापा स्मारकमा जन्मजयन्ती मनाउने कार्यक्रमसमेत गाउँपालिकाले तय गरेको प्रमुख प्रशासकीय अधिकृत कृष्ण थापाले जानकारी दिए।