त्रिवि शिक्षण अस्पतालका डाक्टर गोविन्द केसी बाढीपीडितको स्वास्थ्य उपचारका लागि रौतहट आएका छन्।
रौतहट ईशनाथको बन्जरामा स्थानीय स्वास्थ्यकर्मीको सहयोगमा डाक्टर केसीले बाढीपीडितको स्वास्थ्य परीक्षण सुरु गरेका हुन्। दुषित पिउने पानीका कारण यहाँ झाडापखलाका र ज्वरोका विरामी छन्।
बाढी आएको साता दिन वितिसक्दा पनि बाढीपीडित ठाउँमा स्वास्थ्य शिविर भएका छैनन्। सर्पले डसेर पनि विरामी पर्नेहरु छन्। डाक्टर केसीले शुक्रबारदेखि बाढीपीडितको स्वास्थ्य परीक्षण गर्दै आएको बताए। करिब दुई सय विरामीको स्वास्थ्य परीक्षण गरिसकिएको छ।