निलम्वनमा परेका प्रहरी नायब उपरीक्षक कुमोध ढुंगेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उपस्थित गराउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटमा केही समय अगाडिसम्म कार्यरत ढुंगेललाई अनिवार्य उपस्थित हुन भनी प्रहरी प्रधान कार्यालयले निर्देशन दिए पनि उनी हालसम्म उपस्थित भएका छैनन्।
प्रधान कार्यालयलाई ढुंगेलले बेवास्ता गरेपछि अख्तियारबाटै पत्र प्राप्त भएको कार्यालयले जनाएको छ। सोही खोजतलास निर्देशनअनुरुप आयोगको कोठा नं. ४०३ मा उपस्थित गराउन प्रधान कार्यालयले निर्देशन दिएको हो।
ढुंगेल बैशाख तेस्रो साता निलम्बनमा परेका हुन्। लुटपाट तथा डकैतीका घटनामा समेत ढुंगेलको नाम अभियुक्तहरुले लिने गरेको पाइन्छ।
यसअघि रानीबारीमा भएको डकैती प्रकरणमा पक्राउ परेका विकास श्रेष्ठ र डिएसपी ढुंगेलबीचको कल विवरण सार्वजनिक भएको थियो।
डकैत तथा लुटपाट घटनाका अभियुक्तले घटना गराएको दिन ढुंगेललाई भेटेको बयान दिएका थिए।
गत चैत २६ गते काठमाडौं-२९ स्थित रानीबारीमा भएको लुटपाट घटनामा पक्राउ परेका विक्रम श्रेष्ठले घटना गराएकै दिन डिएसपी ढुंगेललाई महाराजगञ्जको भेनस रेस्टुरेन्टमा भेटेको बयान दिएका थिए।
यी पनि :
डिएसपी कुमोध ढुंगेल निलम्बित
लुटपाटका अभियुक्तले डिएसपी कुमोध ढुंगेलको नाम लिएपछि ...