अविरल वर्षापछि आएको बाढीपहिरोमा परी ज्यान गुमाउनेको संख्या ७८ पुगेको छ।
मङ्गलबार दिउँसोसम्म नेपाल प्रहरीले दिएको विवरण अनुसार बाढीपहिरोमा परी ३२ बेपत्ता र ४० घाइते छन्।
तीन हजार ३६६ भन्दा बढीको उद्दार गरिएको नेपाल प्रहरी जनाएको छ।
पीडितलाई राहत वितरणको काम पनि सुरू गरेको जनाइएको छ।