बडिमालिका नगरपालिका साक्षर घोषणा गरिएको छ। औपचारिक कार्यक्रम सहित नगरलाई जिल्लामा तेस्रोे स्थानीय तहको तथा पहिलो नगरपालिकाको रुपमा घोषणा गरिएको छ। जिल्लाका नौ स्थानीय तह मध्ये बडिमालिका साक्षर घोषणा हुनेमा तेस्रोे भएको छ।
नगरपालिकामा रहेको कुल जनसंख्यामध्ये ९५.९८ प्रतिशत अक्षर लेख्न र चिन्न सक्ने भएपछि साक्षरता घोषणाका लागि सूचक पुरा भएको नगर प्रमुख पदम बडुवालले बताए।
उनका अनुसार नगरपालिकाभर रहेको १५ देखि ६० वर्ष उमेर समुहको कुल ९ हजार ६ सय ९५ जनसंख्या मध्ये ९ हजार ३ सय ९५ जना साक्षर छन्। नेपाल सरकारले निर्धारण गरेका १२ वटा सूचक मध्ये ७ वटा नगरपालिकाले पूरा गरेपछि औपचारिक घोषणा गरिएको हो।
सरकारले साक्षरता घोषणाका लागि १२ वटा सूचक आधार बनाएको छ। निर्धारण गरिएका राष्ट्रभाषा वा मातृभाषा बोल्न जान्ने, वर्ण वा अक्षरको पढाई लेखाई गर्न सक्ने, मोबाईल वा क्याल्कुलेटर चलाउन सक्ने, अंक चिन्न सक्ने वा ९ सम्मको अंक लेख्न वा पढ्न सक्ने, हिसाब राख्न सक्ने, सामाजिक कार्यक्रममा आफ्नो विचार वा परिचय राख्न सक्ने सूचक मध्ये ६ वटा पुरा भए साक्षर घोषणा गर्न सकिने छ।
साक्षर नगरपालिका घोषणा गर्दै नगर प्रमुख बडुवालले प्रविधिसँग खेल्न सक्ने जनशतिm तयार गर्नु प्रमुख चुनौति रहेको बताए।