जलस्रोत तथा सिँचाइ विकास डिभिजन भोजपुरका प्रमुख इन्जिनयर मोहनबाबु यादव घुस रकम सहित पक्राउ परेका छन्।
यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी टोलीले सेवाग्राहीसँग एक लाख ८० हजार घुस रकम सहित भोजपुर नगरपालिका ७ स्थित फुपू भदैनी होटलबाट रङ्गेहात पक्राउ गरेको हो।
भोजपुरको षडानन्द नगरपालिका १३ बोयामा रहेको छाँगे खोला सिंचाइ कार्यक्रमको रनिङ बिल पास गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा यादवलाई पक्राउ गरिएको अयोगका प्रवत्तmा प्रदीपकुमार कोइरालाले बताए।
कोइरालाका अनुसार सिँचाइ आयोजनाको चालु आर्थिक वर्षको योजनाको फरफारक गर्ने क्रममा उपभोक्ता समितिका अध्यक्षलगायत पदाधिकारीबाट इन्जिनियर यादवले सो रकम लिएका थिए।