मोरङको बेलबारी, चिसाङ साझेदारी वन उपभोक्ता समूहले छात्रवृत्ति वितरण गरेको छ।
वन उपभोक्ता समूहले यस वर्षको एसइई परीक्षामा उत्तीर्ण हुने गरीब र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको हो।
समूहको क्षेत्रभित्र पर्ने १७ वटा सामुदायिक विद्यालयका ३४ जनालाई जनही रु तीन हजारको दरले वितरण गरिएको समूहका अध्यक्ष दिनेश गिरीले जानकारी दिए।
उनले शिक्षण सिकाइका निम्ति सुविधा पुग्ने दृष्टिले सगरमाथा प्रावि होक्लबारी र जनएकता आधारभूत विद्यालय बेलबारीलाई एक/एक थान एलइडी मोनिटर प्रदान गरेको बताए।
ती विद्यालयमा अध्ययनरत आदिवासी, जनजाति समुदायका झाँगड, बाँतर विद्यार्थीलाई शिक्षण सिकाइमा सहयोग पुग्ने हेतुले सो उपकरण प्रदान गरिएको हो ।