सुदुरपश्चिम प्रदेशको कञ्चनपुरमा गुडिराखेको बसमाथि सालको रुख ढलेको छ।
अनिरुद्र बोर्डिङ स्कुलका विद्यार्थी बोकेको बसमाथि शुक्रबार दिउँसो रुख ढलेर लागेको हो।
घटनामा परेर कक्षा ७ मा पढ्ने सुशांक जोशी र कक्षा ५ मा पढ्ने प्रशान्त भाट सामान्य घाइते रहेको शुक्लाफाँटा नगरपालिकाका मेयर दिलबहादुर ऐरले सेतोपाटीलाई जानकारी दिए। ‘दुवै विद्यार्थीको शुक्लाफाँटा क्लनिकमा उपचार भइराखेको छ,’ उनले भने, ‘उपचार खर्च नगरपालिकाले बेहोर्छ।’
विद्यार्थीलाई घर छाड्न जाने क्रममा बसमाथि रुख बज्रेको उनले बताए। रुखले बसलाई पनि क्षति पुगेको छ। ‘रुख काटेर सडक खुलाउन निर्देशन दिइसकेको छु,’ उनले भने।