नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला चढेको गाडी टेकुको बागमती सडक कोरिडोरमा फसेको छ।
अविरल वर्षासँगै टेकु पुलमूनि संकलन भएको पानीमा शुक्रबार कोइराला चढेको गाडी फसेको हो।
त्रिपुरेश्वरतर्फबाट पार्टी केन्द्रीय कार्यालय सानेपा जाँदै गरेका कोइराला पानीमा गाडी रोकिएपछि नजिकैको चिया पसलमा केहीबेर बिताएका थिए।
कोइराला शुक्रबारदेखि सुरू हुने केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय जाँदै थिए।
बिहीबारदेखि निरन्तर परिरहेको वर्षाले राजधानीलगायत देशका अधिकांश ठाउँमा जनजीवन प्रभावित भएको छ।
वर्षापछि बागमतीमा भेल बढेको छ।
ट्राफिक प्रहरी प्रवक्ता एसपी रवीकुमार पौडेलले वर्षाले काठमाडौं उपत्यकाभित्र सवारी आवागमनमा खासै समस्या नरहे पनि बागमती नदी करिडोरमा भने समस्या देखिएको छ।
सबै तस्वीर: निशा भण्डारी/सेतोपाटी