शिक्षा विकास तथा समन्वय इकाइ सल्यानका इकाइ प्रमुख (शाखा अधिकृत) धनबहादुर वली २५ हजार घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वलीलाई उनकै कार्यालय सुर्खेतबाट मंगलबार घुस रकमसहित पक्राउ गरेको हो।
‘शिक्षक सरुवा प्रक्रिया सहजीकरणको लागि सेवाग्राहीसँग घुस माग गरिरहेको सूचनाका आधारमा उहाँलाई घुससहित पक्राउ गरेका हौँ’, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले भने।
घुसबापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएका उनलाई थप अनुसन्धान भइराखेको उनले बताए।