खोलाको दुषित पानी पिउँदा डोल्पामा बिरामी बढेका छन्।
ज्वरो, टाइफाइडका बिरामी बढेपछि जिल्ला अस्पताल डोल्पामा टाइफाइडको परीक्षण गर्ने किट अभाव भएको छ।
अस्पतालले दुई सातामा १६ जना टाइफाइडका बिरामीको उपचार गरेको छ। ‘किट अभावले गर्दा बिरामीको परीक्षणमा समस्या आइपर्यो,’ डाक्टर सिजन रावलले भने, ‘बिरामीको लक्ष्यण हेरेरै उपचार गर्नुपरेको छ।’
उनले किट माग गरिएको बताए।
‘किट आउन अझै दुई चार दिन लाग्छ,’ उनले भने।
खोलाको दुषित पानी पिउँदा बिरामी बढेको उनले जानकारी दिए।
प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले अस्पतालमा आवश्यक पर्ने किट र औषधिका लागि माग गरिएको बताए।
रोग थप फैलन नदिन सरसफाइ तथा जनचेतनाका कार्यक्रम पनि टोलटोलमा सुरू गरिएको उनको भनाइ छ।