युवा वैज्ञानिकहरुको तेस्रो युवा शिखर सम्मेलन सकिएको छ।
दुई दिने सम्मेलनमा ३५ वर्षमुनिका युवा वैज्ञानिकले जीवशास्त्र, भौतिक शास्त्रलगायतसँग सम्बन्धित नयाँ आविस्कार प्रस्तुत गरे। सम्मेलनको आयोजना ब्रेनी क्युव रिसर्च अर्गनाइजेशनले गरेको हो।
कन्फिडेन्स नेपाल र प्रभु पेको सहयोगमा सम्मेलन पाटन कलेजमा भएको हो। सम्मेलनका संयोजक ईञ्जिनियर आकाश देवका अनुसार अमेरिका, मलेशिया, भारत गरी ४५ जना वैज्ञानिक उपस्थित थिए।
सम्मेलनमा वैज्ञानिकहरुले प्रतिपादन गरेका शोधपत्रहरुमा उच्च माध्यमिक स्तरतर्फ पहिलो सफल श्रेष्ठ, दोस्रो ऋषि गुप्ता र तेस्रो निरज अधिकारीलाई पुरस्कृत गरिएको थियो। विश्वविद्यालय तर्फ सुशान्त सापकोटा र मोइज खान गोल्ड मेडलिस्ट भएका हुन्।