प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वस्थ्य मानसिकताबाट बच्न सबैले योग गर्नु पर्ने बताएका छन्।
अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा बोल्दै ओलीले समय निकालेर हरेक मानिसले दैनिक रुपमा योग गर्नु स्वास्थ्यका लागि उपयोगी हुने बताए।
‘योगको अभ्यास भाषा र लिपी सुरु हुनु भन्दा धेरै अघिबाट सुरु भएको हो’ प्रधानमन्त्री ओलीले भने। नेपालमा योगको अभ्यास परम्परागतकालदेखि हुँदै आएका प्रमाणहरु धेरै भेटिएको उनको भनाइ छ। ‘हामीले पाँच÷छ हजार बर्ष पहिलेका मूर्तीहरु हे¥यौं भने पनि योगका विभिन्न आशन देखिन्छन्’ उनले भने।
प्रधानमन्त्री ओलीले नेपालको कोशी किनारमा बेदका ऋचाहरुको रचना भएको उल्लेख गरे। योगले लोभ, मोह र क्रोधबाट मानिसले मुक्त दिने उनको भनाई छ।
प्रधानमन्त्री ओलीले देशलाई आवेश उत्तेजनातिर लैजाने भइरहेको बताए।