स्रोत नखुलेको तीन लाख भारतीय रुपैयाँसहित चार जनालाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ।
तीन लाख ३० हजार ९९० भारतीय र ३१ हजार ३२० नेपाली रुपैयाँसहित चार जनालाई मंगलबार नियन्त्रणमा लिइएको पर्सा प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमध्ये तीन जना भारतीय रहेका छन्। पक्राउ पर्ने भारतीय नागरिकमा बिहार समस्तीपुर थाना दक्षिण सराए गाउँ मुस्तफार १ का सहदेव महतो, रामचन्द्र महतो र सहदेव कुमार रहेका छन्। यस्तै, पर्सा कालिकामाई गाउँपालिका वडा नम्बर २ का कामेश्वर साह कलवार रहेको प्रहरीले जनाएको छ।
सबैलाई आवश्यक कारबाहीका लागि आन्तरिक राजश्व कार्यालय बारा पथलैयामा पठाइएको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए।